काठमाडौं । भारत राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न पहिलो सेमिफाइनलमा भारतले उज्वेकस्तानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
भारतले उज्वेकस्तानलाई २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा अपराजित रहेको भारतले अब उपाधिको लागि नेपाल र काजक्स्तानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि खेल्नेछ ।
दोस्रो सेमिफाइनल खेल आजै पाँच बजे सुरु हुनेछ भने फाइनल आइतबार हुने छ ।



