शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत नेपाल पुलिस क्लबले खुमलटारलाई पराजित गरेको छ ।
शुक्रबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नेपाल पुलिसको जितमा भारत शाह र मुहमद आशिकले एक एक गोल गरेका थिए ।
पहिलो हाफ बिना कुनै गोल सकिएको यस खेलमा पुलिसले खेलको ७५औं र ८८औँ मिनेटमा गोल गरेको थियो ।
ृउक्त जितसँगै पुलिसको २१ खेलमा २८ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी खुमलटारको भने २१ खेलमा २१ अंक छ र लिगमा पुछारमा रहेको छ ।



