शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जलहरी प्रकरणमा ओलीलाई जोड्न मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
जेठ १३, २०८० शनिबार
  • 313
    SHARES
  • जलहरी प्रकरणमा ओलीलाई जोड्न मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोड्न नमिल्ने स्पष्टिकरण दिएका छन् ।

    images

    शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपतिको जलहरी राख्ने विषय पशुपति विकास कोषको कार्यक्षेत्रमा पर्ने भएकाले यस प्रकरणमा ओलीलाई मुछ्न नमिल्ने तर्क पप्रस्तुत गरेका हुन् ।

    उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ ।’

    images

    संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसपछि शुक्रबारको बैठकमा सो अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् अवरोध गरेको थियो ।

    यसै विषयमा शनिवार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल गरेर संसद संचालन गर्ने सहमति भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड