शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शीर्ष स्थानको चर्च ब्वाइज संकटासँग पराजित

एक्सप्रेस पाना
जेठ १३, २०८० शनिबार
  • 222
    SHARES
  • शीर्ष स्थानको चर्च ब्वाइज संकटासँग पराजित

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड पराजित भएको छ ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइजलाई संकटा क्लबले १-० गोलले पराजित गरेको हो ।

    संकटाको जितमा युसुफ एट्रिसले निर्णायक गोल गरे । उनले खेलको ६९औं मिनेटमा गोल गरेका थिए ।

    images

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा चर्च ब्वाइज पराजित भएसँगै उपाधि होड् रोचक बनेको छ । यो जितसँगै संकटाले २२ खेलमा २६ अंक जोडेको छ । संकटा ११ औं स्थानमा उक्लिएको छ ।

    पराजित चर्च ब्वाइजको २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल