शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 269
    SHARES
  • ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ ।

    images

    नवौं चरण अन्तर्गत आज खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । यी दुबै खे दिउँसो ३ बजे सुरु हुनेछ ।

    च्यासल रंगशालामा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २१ खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी २१ खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

    यस्तै एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ छैटौं जितको खोजीमा हुनेछ । मनाङ २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल