शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तेस्रो स्थानको लागि नेपाल र उज्वेकिस्तान भिड्दै

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 244
    SHARES
  • तेस्रो स्थानको लागि नेपाल र उज्वेकिस्तान भिड्दै

    काठमाडौं । राजधानीमा जारी एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ । 

    गत शुक्रबार भएको दोस्रो सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो ।

    images

    उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # भलिबल