शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बायर्न म्युनिख बुण्डेसलिगा च्याम्पियन

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 360
    SHARES
  • बायर्न म्युनिख बुण्डेसलिगा च्याम्पियन

    एजेन्सी । बायर्न म्युनिखले यस सिजनको जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ ।

    images

    शनिबार राति भएको लिगको अन्तिम खेलमा बायर्न म्युनिखले कोल्नलाई २-१ गोल अन्तरले पराजित गरेपछि लिगको उपाधि जितेको हो ।

    गए रात्रि नै भएको खेलमा उपाधिको दाबेदार रहेको डोर्टमण्ड मैन्जसँग २-२ गोलको बराबरीमा रोकिएपछि डोर्टमण्ड उपाधि जित्नबाट चुकेको हो ।

    images

    अन्तिम खेलमा जितपछि बायर्न र डोर्टमण्डको समान ७१/७१ अंक भएपनि गोलअन्तरमा बायर्न अगाडी रहेकाले लिगको उपाधि जितेको हो ।

    अहिलेसम्म सबैभन्दा बढी पटक बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । बायर्नले योसहित ३२ पटक यो उपाधि जितेको छ । त्यसपछि बोरुसिया डोर्टमण्ड र बोरुसिया मोनचेनग्लाडवाचले ५/५ पटक जितेका छन् । 

    साथै बुण्डेसलिगाबाट बायर्न र डोर्टमण्डसहित आरबी लेइपजिंग र युनियन बर्लिन च्याम्पियन्स लिगका लागि छनौट भएका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # बुन्डेसलिगा