काठमाडौ । पहिलो सेट गुमाउँदै खराब सुरुवात गरेको अवस्थाबाट नेपालले लगातार तीन सेट जित्दै राजधानप्मा जारी काभा महिला भलिबल च्यालेन्जमा तेस्रो स्थान हात पारेका छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा नेपाल (२०ः२५,२५ः१६,२५ः१५ र २५ः१३) गरि ३-१ को सेटमा विजयी भएको हो।
पहिलो सेटमा धेरै कमजोर देखिएको नेपालले त्यसपछि उत्क्रिष्ट कमब्याक गरेको थियो। त्यसपछि नेपाल उज्वेकिस्तानविरुद्ध सर्भिसिंग र ब्लकिंगमा अब्बल देखिएको थियो।
स्वर्ण पदक जित्ने लक्ष्यमा रहेको नेपालले कास्य पदकमा चित्त बुझाउन बाध्य भयो । नेपाल सेमिफाइनलमा काजकिस्थानसंग पराजित भएको थियो।



