शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनआरटीले सातदोबाटोलाई हरायो

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 192
    SHARES
  • एनआरटीले सातदोबाटोलाई हरायो

    काठमाडौं । शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम एनआरटी विजयी भएको छ । 

    images

    आइतबार च्यासल रंगाशालामा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

    एनआरटीको जितमा निकोलस सङ र सनम लिम्बुले एक–एक गोल गरे । एनआरटीका शिव सुवेदीले एक गोल फर्काए । एनआरटीका लागि खेलको ६३औं मिनेटमा निकोलस र ६७औं मिनेटमा सनमले गोल गरेका थिए ।

    images

    सातदोबाटोका लागि खेलको ७७औं मिनेटमा शिवले गोल गरेपनि टिमलाई जित दिलाउन सकेनन् । 

    उक्त जितसँगै एनआरटीले जारी सिजन सातौं जित निकालेको छ । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । यता पराजित सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल