काठमाडौँ । मलेसियाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
आजदेखि मलेसियामा सुरु भएको ५ टी-२० सिरिजको पहिलो खेलमा मलेसियाले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको ५१ रनको लक्ष्य पछाएको मलेसियाले १२.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १६.५ ओभरमा अल आउट हुदै ५० रन बनाएको थियो ।
मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् । अब सिरिजको दोस्रो मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।
यो जित पछि मलेसियाले १-० को अग्रता हासिल गरेको छ ।



