बुधबार, श्रावण १३ गते २०८३
images
images

श्रृंखला खतिवडाले अमेरिकाको हावर्डबाट पूरा गरिन् स्नातकोत्तर

एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
  • 279
    SHARES
  • श्रृंखला खतिवडाले अमेरिकाको हावर्डबाट पूरा गरिन् स्नातकोत्तर

    पूर्वमिस नेपाल नेपाल श्रृंखला खतिवडाले अमेरिकाको प्रतिष्ठित हावर्ड विश्वविद्यालयबाट सहरी विकास विषयमा स्नातकोत्तर गरेकी छन् ।

    images

    उनले स्नातकोत्तर गरेको खुसीको क्षणलाई तस्वीरमार्फत सेयर गरेकी छन् । ‘मैले ग्राजुएसन गरेँ। अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् । दीक्षित हुँदाको पोसाक र प्रमाणपत्रसहितको तस्बिर सेयर गरेकी छन् । 

    ‘मेरो परिवारबिना मैले यो काम गर्न सक्ने थिइनँ । मेरो जितमा ताली बजाउने, मलाई हरेक परिस्थितिमा साथ दिने र मैले नगर्दा पनि विश्वास गर्ने मेरो परिवारलाई म धेरै माया गर्छु’, उनले भनेकी छन् । 

    images

    श्रृंखलाका बुवा एवम् पूर्वमन्त्री विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि उनको ग्राजुएसन समारोहमा सहभागी भएका थिए । उनीहरु पनि हर्षित मुद्रामा देखिएका छन् । अर्कातिर मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ पनि अध्ययनका लागि हावर्डमा जान लागेकी छन् । 

    उनले यो कुरा शनिबार गोदावरीमा सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा सेयर गरेकी हुन्। इन्स्टाग्राममा पनि उनले यो कुरा लेखेकी छन् । 

    उनले सन् २०२३/२०२४ का लागि हावर्ड मेडिकल स्कुलमा स्नातकोत्तर कोर्स गर्न लागेको उनले जनाएकी छन् ।