शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चेन्नई पाँचौं पटक आइपिएल च्याम्पियन

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 272
    SHARES
  • चेन्नई पाँचौं पटक आइपिएल च्याम्पियन

    काठमाडौं । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग ९आइपिएल० को उपाधि जितेको छ ।

    images

    गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको हो ।

    बर्षका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । 

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो ।

    बर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो ।

    योसँगै चेन्नईले पाँच पटक आइपिएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

    त्यस्तै दोस्रो सिजन आइपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ । अहिल्लो सिजन आफ्नो डेभ्यु सिजनमै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ 

  • सम्बन्धित विषय:

  • # क्रिकेट