शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 367
    SHARES
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

    क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको आज मंगलवार सुनुवाइ हुँदैछ ।

    images

    यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश दिएको थियो ।

    उमेर सम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको छ ।

    images

    लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । ५ भदौ २०७९ माबलात्कार गरेको भन्दै उनी विरुद्ध २१ भदौ २०७९ मा प्रहरी वृत गौशलामा जाहेरी परेको थियो । उनले २० असोज २०७९ मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट