शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले मलेसियालाई ७ विकेटले हरायो

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 301
    SHARES
  • नेपालले मलेसियालाई ७ विकेटले हरायो

    काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।

    images

    मंगलबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

    मलेसियाले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

    images

    नेपालका लागि रुबिना क्षेत्रीले अविजित २९ रन बनाइन भने कबिता कुवँरले २६, सिता राना मगरले २३, बिन्दु रावलले १७ रन बनाएकी थिइन् । 

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै ९७ रन बनाएको थियो ।

    मलेसियाका लागि मास एलिसा यसमिनले २८, विनिफ्रेड आने दुराइ र वान जुलिया वानले २०-२० रन बनाएका थिए । त्यस्तै ऐना हामिजाहले अविजित १४ रन बनाएकी थिइन् ।

    नेपाली बलररुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने इन्दु बर्मा र कबिता केसीले एक एक विकेट लिए । 

    यस अघि सोमबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई पराजित गरेको थियो ।

    मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् ।

    अब सिरिजको तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।

    उक्त जितसँगै नेपालले सिरिजमा मलेसियासँग १-१ को बराबरी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट