काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत २३औं साताको पहिलो खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले आर्मीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोअबीले गरेका हुन् । एनकोटोले खेलको ५५औं र ७८औं मिनेटआमा गोल गरेका थिए ।
उक्त जितसँगै जावलाखेलको २३ खेलमा ३८ अंक भएको छ । जावलाखेलको एक खेल कम खेलेको चर्च ब्वाइजसँग अंक बराबर भएको छ । यता पराजित आर्मीको २३ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।



