काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेडले एपीएफ क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलबार दशरथ रंगशालामा भएको २३औं चरणको दोस्रो खेलमा चर्च ब्वाइजले एपीएफलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि अनन्त तामाङले दुई गोल गरे भने मौषम सुब्बा र आशिष चौधरीले एक एक गोल गरेका थिए । त्यसैगरी एपीएफका लागि अवास लामिछानेले एक गोल गरेका थिए ।
उक्त जितसँगै चर्च ब्वाइजको २३ खेलमा ४१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । यता पराजित एपीएफको २३ खेलमा २९ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।



