शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफको लागि प्रारम्भिक नेपाली टोली घोषणा

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 347
    SHARES
  • साफको लागि प्रारम्भिक नेपाली टोली घोषणा

    काठमाडौं । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ ।

    images

    मंगलबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

    च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    images

    प्रारम्भिक टोली :
    गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ 
    डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमन्त थापा, अन्जल महर्जन
    मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ
    फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी , विमल घर्ती मगर, गिलेस्पे जंग कार्की, दिनेश हेञ्जन ।

  • सम्बन्धित विषय:

  • # फुटबल