शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

एक्सप्रेस पाना
जेठ १७, २०८० बुधबार
  • 274
    SHARES
  • ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

    images

    आज एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदानमा ती खेलहरु हुनेछन् ।

    च्यासल मैदानमा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिचमा प्रतिस्पर्धा हुनेछ भने एन्फा कम्प्लेक्समा हुने खेलमा थ्रि स्टार क्लब र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

    images

    जारी लिगमा सातदोबाटो युथ क्लबको २२ खेलमा २९ अंक छ भने लिगमा छैटौं स्थानमा छ । त्यस्तै मछिन्द्र क्लब २२ खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

    त्यस्तै थ्री स्टार क्लब २२ खेलमा २६ अंकसहित ११औं स्थानमा छ भने संकटा क्लब २२ खेलमा २६ नै अंकसहित १२औं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ए डिभिजन लिग