शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

एक्सप्रेस पाना
जेठ १७, २०८० बुधबार
  • 402
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

    प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभयो ।

    images

    सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड