काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत संकटा फुटबल क्बल र थ्री स्टार क्लबले अंक बाँडेका छन् ।
बुधबार च्यासल रंगशालामा भएको खेलमा दुबै टोलीलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा दुबै टोलीले केहि राम्रो अवसर सिर्जना गरे ता पनि गोल गर्न सकेनन् ।
उक्त बराबरी सँगै संकटा क्बलले २३ खेलबटा २७ अंकसहित १२औं स्थानमा रहेको छ भने समान खेलबाट समान अंकसहित थ्री स्टार १३औं स्थानमा रहेको छ ।
यस्तै आजै एन्फा मुख्यालय सातदोबाटोमा भएको खेलमा मछिन्द्र फुटबल क्लबले सादोबाटो युथ क्बललाई ३-१ गोलले पराजित गरेको छ ।
जितसँगै मछिन्द्रले २३ खेलबाट ३९ अंकसहित दोस्रो स्थानमा रहेको छ । मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज भन्दा २ अंकले पछि रहेको छ भने पराजित सातदोबाटोे समान खेलबाट २९ अंकसहित सातौंं स्थानमा झरेको छ ।



