काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज २३औं चरणको अन्तिम ३ खेल हुँदै छ ।
आज दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल रंगशालामा हुनेछ ।
च्यासल रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबको समाना गर्नेछ यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । जारी लिगमा फ्रेन्ड्स क्बल २२ खेलबाट २४ अंकसहित पूछारबाट दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट २९ अंकसहित शेर्पा नौं स्थानमा रहेको छ ।
यस्तै सोहि समयमा दशरथ रंगशालामा हुने खेलमा एनआरटीले नेपाल पुलिस फुटबल क्बलको सामना गर्नेछ । जारी सिजन २२ खेलबाट २९ अंक जोडेको एनआरटी आठौं स्थानमा छ भने समान खेलबाट पुलिस ३१ अंकसहित चौथो स्थानमा रहेको छ ।
आजै हुने दिनको अन्तिम खेलमा आठ पटकको विजेता मनाङ मर्स्याङदी क्लबले नव प्रवेशिक टोली एफसी खुमलटारको समना गर्नेछ । जारी सिजन २२ खेलबाट २४ अंकसहित खुमलटार पूछारमा रहेको छ भने समान खेलबाट २८ अंक बनाएको मनाङ १०औं स्थानमा रहेको छ ।



