शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

एक्सप्रेस पाना
जेठ १८, २०८० बिहीबार
  • 358
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

    काठमाडौँ । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images

    विहिबार बिहान राजघाट पुगेर प्रधानमन्त्री प्रचण्डले गान्धी प्रति पुक्ष्पगुच्छा अर्पण गरेका हुन् ।

    भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

    images

    भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन । 

    सो भेटघाटमा दुई देश बिचको आपसी सबन्धका बारेमा छलफल हुनेछ । 

    सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।  

    यसैगरी, प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    साथै, प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड