शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तेस्रो खेलमा नेपाल २७ रनले विजयी, शृंखलामा अग्रता

एक्सप्रेस पाना
जेठ १८, २०८० बिहीबार
  • 300
    SHARES
  • तेस्रो खेलमा नेपाल २७ रनले विजयी, शृंखलामा अग्रता

    काठमाडौं । मलेसियासँग पाँच टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।

    images

    मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ बनाएपछि नेपाल २७ रनले विजयी भएको हो । 

    मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाएर सीताको बलमा विन्दू रावलबाट क्याचआउट भइन् भने अइना नज्वा ९ रनमा अविजित रहिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images

    नेपालको लागि कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १/१ विकेट लिए । 

    त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । रुविनाले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनर कविता कुँवर ७ बलमा २ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर सीता रानामगर ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । विकेटकिपर ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् । इन्दु बर्माले २० रन बनाइन् भने, कविता जोशी र विन्दु रावल क्रमश: १ र ३ रनमा अविजित रहे ।

    मलेसियाका लागि निक नुर अटिलाले सर्वाधिक २ विकेट लिइन् । इष्या इलिसा फिरदौज र विनिफ्रेड दुराइसिङ्गमले १/१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट