शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिटीलाई एफए कपको उपाधि

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 262
    SHARES
  • सिटीलाई एफए कपको उपाधि

    एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ ।

    images

    शनिबार राति सम्पन्न एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    म्यानचेस्टर सिटीको जितमा इके गुनडोगनले दुवै गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले फर्काएका थिए ।

    images

    योसँगै म्यानचेस्टर सिटीले सातौं पटक एफए कपको उपाधि जितेको छ । पछिल्लो पटक सिटीले यो उपाधि २०१९ मा जितेको थियो ।

    एफए कपको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने आर्सनल हो । आर्सनलले अहिलेसम्म १४ पटक यो उपाधि जितेको छ भने म्यानचेस्टर युनाइटेडले यो उपाधि १२ पटक जितेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल