काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज २४औं चरणको चार खेल हुँदैछन् ।
दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक(एक खेल हुनेछन ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
सोहि समयमा नै च्यासल मैदान ललितपुरमा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा भिडन्त हुनेछ ।
यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बिचमा प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो ३ बजे हुनेछ ।
दशरथ रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी भिड्ने छन् ।
जारी सिजन २४ खेलबाट ४४ अंक बनाएको चर्च ब्वाइज युनाईटेड शीर्ष स्थानमा रहेको छ । यस्तै २३ खेलबाट ३९ अंक बनाएको मछिन्द्र दोस्रो तथा २४ खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।



