शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अग्रता जोगाउन नसक्दा मछिन्द्र पुलिससँग पराजित

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 257
    SHARES
  • अग्रता जोगाउन नसक्दा मछिन्द्र पुलिससँग पराजित

    काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब नेपाल पुलिस क्लबसँग २-१ ले पराजित भएको छ । यो हारसँगै मछिन्द्रलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रको उपाधि लक्ष्यमा धक्का लागेको छ ।

    images

    आइतबार च्यासल रंगाशालामा सम्पन्न भएको खेलमा पुलिसले पुनरागमन जित निकालेको हो ।

    पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा दुई गोल खाएको हो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरे ।

    images

    यो सँगै पुलिसले लगातार पाँचौं खेल जित निकालेको छ । पुलिस २४ खेलबाट ३७ अंक जोड्दै चौंथो स्थानमा राखेको छ । यता पराजित मछिन्द्र ३९ अंकका समाथ दोस्रो स्थानमा रहेको छ । मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको हो ।

    यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब १-१ को बराबरीमा रोकिएका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल