शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्रिकेटर सन्दिप लामिछाने आज अफ्रिका जाँदै

एक्सप्रेस पाना
जेठ २२, २०८० सोमबार
  • 320
    SHARES
  • क्रिकेटर सन्दिप लामिछाने आज अफ्रिका जाँदै

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् । अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

    images

    काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’ का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्ने छैन ।

    विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाई सुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट