काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् ।
२५औं चरणको खेल अन्तर्गत आज दुई खेल दशरथ रंगशालामा हुनेछ भने च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।
च्यासलमा हुने खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । यो खेल ३ बजेवाट सुरु हुनेछ ।
सोहि समय एन्फामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । यो खेल ३ बजेवाट सुरु हुनेछ ।
रंगशालामा हुने दोस्रो तथा दिनको अन्तिम खेलमा साँझ ६ बजे सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।



