शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिग च्याम्पियन

एक्सप्रेस पाना
जेठ २३, २०८० मंगलबार
  • 366
    SHARES
  • चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिग च्याम्पियन

    नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेडले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।

    images

    मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजले थ्री स्टार क्लबसँग बराबरीमा रोकिएसँगै एक अंक जोड्दै यस सिजनको लिगको उपाधि जितेको हो ।

    यो खेलमा चर्च ब्वाइज र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका थिए ।

    images

    बराबरीपछि चर्च ब्वाइजको २५ खेलमा ४५ अंक भएको छ र एक खेल अघि लिगको उपाधि जितेको हो ।

    हाल दोस्रो स्थानमा रहेको मछिन्द्रले बाँकी दुवै खेल जितेपनि अब चर्च ब्वाइज शिर्ष स्थानमा रहने भएपछि चर्चब्वाइजको लिग जित निश्चित भएको हो ।

    त्यस्तै थ्री स्टारको भने यस खेलपछि २५ खेलमा २९ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

    यस्तै अजै भएको अन्य खेलमा पुलिस र आर्मी १-१ गोलको बराबरीमा रोकिदा खुमटारले एपीएफमाथि ३-१ गोलको जित निकालेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल