शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

एक्सप्रेस पाना
जेठ २३, २०८० मंगलबार
  • 423
    SHARES
  • एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

    एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । 

    images

    म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले एक गोल गरिन् । म्यानमारकी अर्की खेलाडी यिन लुन इयानले ह्याट्रिक पूरा गरिन् । उनले खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । 

    यसैगरी युन वादी हलाइङ्गले खेलको ६९औँ मिनेटमा एक गोल थपिन् । अब नेपालले आफ्नो दोस्रो खेल यही जेठ २५ गते चीनसँग खेल्नेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन् । 

    images

    नेपाल यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल