सोमबार, कार्तिक १७ गते २०८३
images
images

चीनका राजदूतलाई बेलायती संसदमा निषेध

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 629
    SHARES
  • चीनका राजदूतलाई बेलायती संसदमा निषेध

    भदौ ३० एजेन्सी ।  बेलायतका लागि चीनका राजदूतलाई संसदमा प्रतिबन्ध लगाइएको छ । चीनले आफ्ना केही सांसदलाई बेइजिङ भ्रमणमा रोक लगाएको भन्दै राजदूतमाथि प्रतिबन्ध लगाइएको बेलायतले जनाएको छ । 

    images

    चीनका राजदूत झेङ जीगुवाङ बुधबार हाउस अफ कमन्समा अल पार्टी ग्रुप्स (एपीजीएस) ले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर, चौतर्फी विरोधपछि तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होली र र माथिल्लो सदन हाउस अफ लर्डका सभामुख लर्ड म्याकफलले चीनका राजदूत संसदमा जान नपाउने बताएका हुन् । 

    सभामुखको निर्णयलाई चीनको दूतावासले ‘लाजमर्दो र कातर’ भन्दै यसले दुवै देशको स्वार्थलाई हानी गर्ने चेतावनी दिएको छ । दुई देशका सरकारबीच तनाव बढिरहेका बेला बेलायतले चीनका राजदूतमाथि संसद्मा प्रतिबन्ध लगाएको हो ।  

    images

    आफ्नो देशबारे भ्रम फैलाएको भन्दै मार्चमा चीनले बेलातका पाँचजना सांसदमाथि चीनका यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्तिसमेत रोक्का गरेको थियो । सिन्जियाङ प्रान्तमा मानवअधिकार उल्लंघनमा संलग्न रहेको भन्दै बेलायतले केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि बेइजिङले पनि बेलायती सांसदमाथि चीन भ्रमणमा रोक लगाएको थियो ।