जारी शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम (एनआरटी)ले मनाङलाइ हराएको छ ।
च्यासल मैदानमा एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीको जितमा दिपेश आले मगरले निर्णायक गोल गरे । उनले खेलको १७औं मिनेटमा गोल गरेका हुन् ।
उक्त जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।



