शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित

एक्सप्रेस पाना
जेठ २५, २०८० बिहीबार
  • 311
    SHARES
  • नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्याण्डविरुद्धको अभ्यास खेलमा हार बेहोरेको छ ।

    images

    दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्याण्ड ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १३६ रन को लक्ष्य स्कटल्याण्डले ३ विकेट गुमाउदै पुरा गरेको थियो ।  

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल अलआउट हुदै १३५ रन बनाएको थियो । 

    images

    नेपालका आसिफ सेख २८ रन बनाएर आउट भएका छन् भने कुशल भुर्तेल १६, भीम सार्की ८ र कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै कुशल मल्लले सर्बाधिक ३७ रन बनाएका थिए ।  

    अब दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ ।

    नेपाल विश्वकप छनोटअघि अभ्यासका लागि दक्षिण अफ्रिका पुगेको हो । नेपाल आगामी आइतबार जिम्बावे जानेछ ।

    त्यसपछि नेपाल आइतबार जिम्बाबे जाने कार्यक्रम छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

    प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट