काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत एक खेल अघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडले आज एफसी खुमलटारको सामना गर्नेछ । जारी सिजन खुमलटार रेलिगेसनको अबस्थामा रहेको छ । यदि आजको खेल जित निकाल्न सकेको खण्डमा खुमलटार रेलिगेशनबाट जोगिन अरुको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ । खुमलटारले २५ खेलबाट २७ अंकसहित पूछारमा रहेको छ । यता च्याम्पियन चर्चको भने समान २५ खेलबाट ४५ अंक रहेको छ ।
च्यासल रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागिय टोली नेपाल पुलिस क्लले सातदोबाटोको सामना गर्नेछ । जारी सिजन २५ खेलबाट ३८ अंक जोडेको पुलिस तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३७ अंक जोडेको सातदोबाटो चौथो स्थानमा रहेको छ । दुबै टोली आज चौथो स्थानको लागि प्रतिस्पर्धामा रहेका छन् ।
आजै सोहि समय दशरथ रंशालामा हुने दिनको तेस्रो खेलमा विभागिय टोली एपीएफ फुटबल क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । यस सिजन २५ खेल सकिँदा २७ अंक बनाएको फ्रेन्ड्स आजको खेलमा जित निकाल्दै रेलिगेसनबाट जोगिन चाहान्छ । यदि यो खेलमा पराजि भएको खण्डमा फ्रेन्ड्स रेलिगेसनमा जानेछ भने समान खेलबाट ३० अंक बनाएर ११औं स्थानमा बनाएको एपिएफ पनि रेलिगेसनबाट जोगिन आजको खेलमा बराबरीको नतिजाले पनि पुग्नेछ ।
यस्तै आज हुने दिनको अन्तिम खेलमा साँझ ६ बजे त्रिभुवन आर्मी फुटबल क्लबले हिमालय शेर्पा क्लबको सामना गर्नेछ । २५ खेलबाट ३१ अंक बनाएको आर्मी आठौं स्थानमा रहेको छ भने समान खेलबाट ३१ नै अंक बनाएको हिमालयन शेर्पा दशौं स्थानमा रहेको छ ।



