काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
शनिबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा मछिन्द्रले मनाङलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । खेलमा एक शुन्य गोलले पछि परेको अबस्थानमा मछिन्द्रले ३१ गोलको जित निकाल्न सफल भएको हो ।
मछिन्द्रको जितमा अफीज ओलावालेले दुई गोल गरेका थिए भने बिमल घर्ति मगरले एक गोल गरेका थिए । त्यस्तै मनाङका लागि एक गोल विजय श्रेष्ठले गरेका थिए ।
उक्त् जितसँगै यस सिजनको उप विजेता बनेको मछिन्द्रले २६ खेलमा ४५ अंक भएको छ । त्यस्तै पराजित मनाङ मर्स्याङ्दी क्लबको भने २६ खेलमा ३२ अंक छ र यस सिजनमा आठौँ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।



