शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युथ स्पोर्ट्सलाई हराउँदै भगवती अघिल्लो चरणमा

एक्सप्रेस पाना
जेठ २८, २०८० आइतबार
  • 352
    SHARES
  • युथ स्पोर्ट्सलाई हराउँदै भगवती अघिल्लो चरणमा

    सिन्धुपाल्चोक । नवौं संस्कराणको सिन्धु कप फुटबल प्रतियोगिता २०८० अन्तर्गत उद्घाटन खेलमा आयोजक युथ स्पोट्स क्लबलाई हराउँदै श्री भगवती युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    आइतबार सिन्धुपाल्चोकको बसन्तपुरस्थित खेल मैदानमा सम्पन्न खेलमा 'बि' डिभिजन क्लब श्री भवतगीले युथ स्पोट्सलाई २-१ गोलले पराजित गरेको छ ।

    खेलको पाँचौं मिनेटमा नै अग्रता बनाएको भगवतीलाई घरेलु टोलीले खासै प्रभाव नपार्दै भवतगीले खेलको ३१औं मिनेटमा २-० गोलको अग्रता कायम राख्यो । भगवतीका लगि ५ मिनेटमा कप्तान उर्केन ज्याङबो शेर्पाले पेनाल्टीमा गोल गरेका थिए भने खेलको २९औं मिनेटमा निराजन धामीले शानदार गोल गरेका थिए । 

    images

    तर, दोस्रो हाफको खेलमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अबस्थामा पुर्यो । उसका लागि सुनिल गोलेले ८२औं मिनेटमा गोल गरे ।

    त्यसपछि खेलको ८९औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । घरेलु टोलीका युवराज ढकाललेरातो कार्ड ब्यहोरेका थिए । 

    यो जितसँगै भगवती सेमिफाइनलमा प्रवेश गरेको छ । अब भगवतीले फाइनल प्रवेशको लागि ३१ जेठमा भोलि हुने झम्सिखेल युथ क्लब र ब्रिगेट ब्वाइज क्लबबीचको विजेता टोली सँग खेल्नेछ । भोलि हुने खेल बसन्तपुर खेल मैदान लामोसाँघुमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । 

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिन्धुकप