शुक्रबार, श्रावण २९ गते २०८३
images
images

झम्सिखेललाई हराउँदै ब्रिगेट ब्वाइज सिन्धु कपको सेमिफाइनलमा

एक्सप्रेस पाना
जेठ २९, २०८० सोमबार
  • 324
    SHARES
  • झम्सिखेललाई हराउँदै ब्रिगेट ब्वाइज सिन्धु कपको सेमिफाइनलमा

    सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगित अन्तर्गत ब्रिगेट ब्वाइज क्लबले झम्सिखेल युथ क्लबललाई पराजित गरेको छ । 

    images

    सोमबार सिन्धुपाल्चोकको बसन्तपुरस्थित खेल मैदानमा सम्पन्न खेलमा ब्रिगेटले झम्सिखेललाई २-४ गोल अन्तरले पराजित गरेको हो ।

    ब्रिगेटको जितमा सुमन गुरुङ, रोशन राना मगर र रोहन खड्गीले समान १/१ गोल गरे । अर्को गोल भने ब्रिगेटले उपराह पाएको थिए । झम्सिखेलका अजय वाइबाले आत्मघाती गोल गरे । यता झम्सिखेलका लागि सन्जोक महर्जनले २ गोल गरे । 

    images

    पहिलो हाफमा २१ गोलको अग्रता बनाएको झम्सिखेलले दोस्रो हाफमा २ गोल खाएको थियो । 

    खेलमा सुरुवाती अग्रता बनाएको झम्सिखेलको लागि खेलको ३०औं मिनेटमा सन्जोकले गोल गरेका थिए तर, उक्त गोल गरेको दुई मिनेट बित्न नपाउँदै ब्रिगेटले उपहार गोलमा १-१ गोलको अबस्थामा ल्याउन सफल भयो । 

    त्यसपछि खेलको ४०औं मिनेटमा पुन झम्सिखेलका लागि सन्जोकले ब्यक्तिगत दोस्रो गोल गरी पहिलो हाफको खेलमा २-१ गोलको अग्रता दिलाए । 

    खेलको ७१औं मिनेटमा ब्रिगेटका लागि सुमन गुरुङले गोल गरि खेल २-२ अबस्थामा फर्काए । त्यसछि एक मिनेटपछि पुन ब्रिटेको लागि रोशन राना मगरले गोल गरि २-३ अग्रता दिलाए । 

    ८७औं मिनेटमा ब्रिटेका लागि रोहन खड्गाीले गोल गरी २-४ गोल अन्तरको जित पक्का गरे  । 

    खेलको म्यान अफ दि म्याच ब्रिगेटका रोशन राना मगर घोषित भए  । उनले नगद २ हजारसँगै मायाको चिनो प्राप्त गरे । 

    यो जितसँगै ब्रिगेटले अब फाइनल प्रवेशको लागि जेठ ३१ गते श्री भगवती युथ क्लबको सामना गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिन्धुकप