सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा काभ्रे जिल्ला फुटबल संघ र विभागिय टोली एपिएफ फुटबल क्बल विजयी भएका छन् ।
मंगलबार सिन्धुपाल्चोकको बसन्तपुरस्थित खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा काभ्रे जिल्ला फुटबल संघले दोलखा फुटबल संघलाई २-७ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
काभ्रेको जितमा अबयोमी फकुनीले ह्याट्रिकसहित ४ गोल गरेका थिए । यस्तै भुपेन्द्र बस्नेत, राम ढकाल र पिस्टोन मुटाम्बाले समान १/१ गोल गरे । यता दोलखाको लागि मिलन श्रेष्ठ र सन्तोष महतले १/१ गोल गरे ।
पहिलो हाफमा ०-३ गोलको अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा थप ४ गोल गर्दा २ गोल खाएको थियो ।
यस्तै आजै भएको दोस्रो तथा अन्तिम क्वाटरफाइनलमा विभागिय टोली नेपाल एपिएफ फुटबल क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई १-० गोलले पराजित गरेको हो । एपिएफको जितमा सबिन गुरुङले खेलको ५८औं मिनेटमा गरेको गोल नै निणर्यक बन्यो ।
यो एपिएफको जितसँगै सेमिफाइल समिकरण पूरा भएको छ । सेमिफाइनलमा आजको पहिलो खेलको विजेता काभ्रेले आजै भएको दोस्रो खेलको विजेता एपिएफसँग जेठ ३२ गतले खेल्नेछ ।
यस्तै भोलि हुने पहिलो सेमिफाइनल खेलमा श्री भगवती क्लब र बिग्रड ब्वाइज क्लबबीच हुनेछ । यो खेलको दिउँसो ४ बजेबाट सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोट्स नेपालको युट्युब च्यानलसँगै नेप्लेज, नेपाल एफसी र क्लिक स्पोट्स नेपालको फेसबुक पेजमा हुनेछ ।



