शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिन्धुकप फुटबल प्रतियोगिता : पहिलो सेमिफाइनलमा श्री भगवती र ब्रिगेड ब्वाइज भिड्दै

एक्सप्रेस पाना
जेठ ३१, २०८० बुधबार
  • 328
    SHARES
  • सिन्धुकप फुटबल प्रतियोगिता : पहिलो सेमिफाइनलमा श्री भगवती र ब्रिगेड ब्वाइज भिड्दै

    सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । 

    images

    गत आइतबार देखि सुरु भएको प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा टोखा श्री भगवती क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । यो बसन्तपुरस्थित खेल मैदानमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । 

    जारी प्रतियोगितामा भगवतीले आयोजक युथ स्पोर्ट्स क्लबलाई १२ गोल अन्तरले गरेर सेमिफाइनलमा प्रवेश गरेको हो भने ब्रिगेडले झम्सिखेल युथ क्लबल २४ गोल अन्तरले पराजित गर्दै भगवतीसँगको भेट पक्का गरेको हो । 

    images

    २८ जेठबाट सुरु भएको प्रतियोगितामा भोलि अन्तिम सेमिफाइनलमा काभ्रे जिल्ला फुटबल संघ र विभागिय टोली एपिएफ क्लबबिच हुनेछ । युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिन्धुकप