शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेदरल्याण्डमाथि सहज जित निकाल्दै क्रोसिया फाइनलमा

एक्सप्रेस पाना
जेठ ३२, २०८० बिहीबार
  • 302
    SHARES
  • नेदरल्याण्डमाथि सहज जित निकाल्दै क्रोसिया फाइनलमा

    एजेन्सी । क्रोसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । नेसन्स लिगको पहिलो सेमिफाइनल खेलमा नेदरल्याण्डसलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्रोसिया फाइनलमा पुगेको हो ।

    images

    निर्धारित ९० मिनेटको खेलमा दुवै देशले २-२ गोल गरेपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो । अतिरिक्त समयमा क्रोसियाले थप २ गोल गरेको थियो ।

    क्रोसियाका लागि आन्द्रेज क्रमारिक, मारियो पासालिक, ब्रुनो पेटकोभिक र लुका मोड्रीचले एक एक गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि डोनयेल मालेन र नोआ लांगले एक एक गोल गरेका थिए ।

    images

    अब क्रोसियाले नेसन्स लिगको फाइनामा स्पेन र इटालीबीचको विजेतासँग खेल्ने छ । स्पेन र इटालीबीचको दोस्रो सेमिफाइनल खेल आजराती हुदै छ । युईएफए नेसन्स लिगको फाइनल खेल जुन १९ मा हुने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल