शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौं सिन्धुकप : फाइनल प्रवेशको लागि काभ्रे र एपिएफ भिड्दै

एक्सप्रेस पाना
जेठ ३२, २०८० बिहीबार
  • 271
    SHARES
  • नवौं सिन्धुकप : फाइनल प्रवेशको लागि काभ्रे र एपिएफ भिड्दै

    सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिवार) दोस्रो तथा अन्तिम सेमिफाइनलको खेल हुँदैछ । 

    images

    सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा आज हुने खेलमा काभ्रे जिल्ला फुटबल संघ र विभागिय टोली एपिएफ फुटबल क्लबबीच दिउँसो ३:३० बजेबाट सुरु हुँदैछ । 

    पहिलो खेलमा दोलखा जिल्ला फुटबल संघमाथि २-७ गोल अन्तरको फराकिलो जित निकालेको काभ्रे आज पनि जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा रहेको छ । यता एपिएफले आफ्नो पहिलो खेलमा प्लानिङ युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै काभ्रे सँगको भेट पक्का गरेको हो । 

    images

    यस्तै पहिलो सेमिफाइनलका खेलमा श्री भगवती क्लब (टोखा)ले ब्रिगेड ब्वाइज क्लबलाई  ४-१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । 

    युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिन्धुकप