शनिबार, श्रावण ३० गते २०८३
images
images

सिन्धुकप फुटबल प्रतियोगिता : एपिएफलाई हराउँदै काभ्रे उपाधि नजिक

एक्सप्रेस पाना
जेठ ३२, २०८० बिहीबार
  • 1.6K
    SHARES
  • सिन्धुकप फुटबल प्रतियोगिता : एपिएफलाई हराउँदै काभ्रे उपाधि नजिक

    सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनलमा काभ्रे जिल्ला फुटबल संघले विभागिय टोली एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । 

    images

    सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा सम्पन्न खेलमा काभ्रेले एपिएफलाई २-१ गोलले पराजित गरेको हो । काभ्रेको जितमा अबयोमी फकुनी र कप्तान समन श्रेष्ठले समान १/१ गोल गरे । यता एपिएफको लागि प्रदिप लामाले सान्त्वना गोल गरे । 

    पहिलो हाफमै २-० गोलको अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा भने एक गोल खाएको थियो । 

    images

    यो जितसँगै काभ्रले उपाधिका लागि श्री भगवती क्लब टोखासँग खेल्नेछ । फाइन खेलले आगामी शनिबार हुनेछ । 

    युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिन्धुकप