शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिन्धुकपको फाइनल आज : श्री भगवती र काभ्रे भिड्दै

एक्सप्रेस पाना
आषाढ २, २०८० शनिबार
  • 315
    SHARES
  • सिन्धुकपको फाइनल आज : श्री भगवती र काभ्रे भिड्दै

    सिन्धुपाल्चोक । नवौं संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुँदैछ । 

    images

    गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको फाइनल खेलमा आज श्री भगवती क्लब (टोखा)ले काभ्रे जिल्ला फुटबल संघको सामान गर्नेछ । 

    सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा हुने फाइनल खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ । 

    images

    पहिलो सेमिफाइनलमा ब्रिगेड ब्वाइजलाई ४-१ गोलले हराउँदै श्री भगवती फाइनल प्रवेश गरेको हो । यता काभ्रेले एपिएफलाई २-१ गोलले पराजित गरेर भगवतीसँगको भेट पक्का गरेको हो । 

    युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्रविधिक सहयोग रहेको यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउनेछन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # सिन्धुकप