शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जिम्बावेलाई नेपालले दियो २९१ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ ३, २०८० आइतबार
  • 330
    SHARES
  • जिम्बावेलाई नेपालले दियो २९१ रनको लक्ष्य

    काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट खेल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ ।  

    images

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २९० रन बनायो । 

    नेपाल लागि ओपनरहरु कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी १७१ रनको साझेदारी गरेपछि अन्य ब्याटर खासै चलेनन् । उक्त साझेदारी नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च हो ।

    images

    यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

    यस्तै कुशल भुर्तेल ९९ र आसिफ ६६ रनमा आउट भए । कुशल मल्लले ४१,कप्तान रोहित पौडेलले ३१ रनको पारी खेले ।  

    नेपालले अन्तिम ७ ओभरमा ६ विकेट गुमाउँदा ४४ रन मात्रै जोड्न सक्यो । यता घरेलु टोली जिम्बावेका रिचर्ड न्गारावाले ४ र वेलिंग्टन मसाकाड्जाले २ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट