शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

एक्सप्रेस पाना
आषाढ ४, २०८० सोमबार
  • 301
    SHARES
  • बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुग्नुभएको छ । 

    images

    आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।

    May be an image of 8 people, dais and text

    images

    प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । 

    उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयाे । उहाँले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई दिर्देशन र अन्य स्वयम्सेवी संघसंस्थामा अपील पनि गर्नुभयो ।

    प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताउनुभयो। 

    उहाँले भन्नुभयो, ‘म अस्ति मात्र मेलम्ची गएको थिय त्यहा जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’

    प्रधानमन्त्री आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनुहुनेछ  ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड