शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लमही मेयर कप : डाफेद्वारा मध्यनगर युवा क्लब पराजित

एक्सप्रेस पाना
आषाढ ४, २०८० सोमबार
  • 295
    SHARES
  • लमही मेयर कप : डाफेद्वारा मध्यनगर युवा क्लब पराजित

    दाङ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी लमही मेयर कप टि२० क्रिकेट प्रतियोगितामा डाफेँ ६ विकेटले विजयी भएको छ । 

    images

    बर्षाको कारण १५ ओभरमा छोट्याईएको खेलमा १०१ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको डाफेले ११.५ ओभर खेल्दै लक्ष्य पूरा गर्यो ।

    डाफेका लागि आकाश कुमारले २८ बलमा १ चौका १ छ्क्का प्रहार गर्दै २७ रन बनाए भने सुरेन्द्र सिङ ठकुरीले १४ बलमा ३ चौका, १ छ्क्का प्रहार गर्दै २४ रन बनाए । त्यस्तै बिजय डाँगिले १६ रन तथा दिनेश नेपालीले ११ रन बनाए । 

    images

    बलिङमा मध्यनगरका अभिशेक केसिले २ विकेट, विजय थापा र प्रकाश केसिले सम्मान १/१ विकेट लिएका थिए । 

    त्यसअघि टस जितेर मध्यनगरले १५ ओभरमा ४ विकेट गुमाएर १०० रन बनाउन सक्यो । मध्यनगरले १३ ओभरमा १ विकेट गुमाएर ७२ रन बनाउदा खेलमा बर्षा भएपछि ५० मिनेट ढिलो भएपछि दुबै टिमको लागि ५-५ ओभर घटाएर खेल १५ ओभरमा छोट्टाइएको थियो ।

    मध्यनगरका लागि सन्जय कुमालले २९ बलमा ५ चौका प्रहार गर्दै ३४ रन नटआउट बनाए भने जीवन केसिले १५ रन, तुफान केसिले १ रन बनाए । 

    अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा डाफेका विजय डागिले ३ ओभरमा १७ रन खर्चेर २ विकेट, सुरेन्द्र सिङ ठकुरिले ३ओभरमा १ मैडन राखि १३रन खर्चेर १ विकेट लिएका थिए । तेस्तै  दिनेश नेपालीले ३ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

    crick.jpg

    बलिङ तर्फ ३ ओभरमा १ मैडन राखी १३ रन खर्चेर १ विकेट लिने तथा ब्याटिङमा १४ बलमा ३ चौका १ छक्का प्रहार गर्दै २४ रन बनाउने डाफेका सुरेन्द्र सिङ ठकुरि म्यान अफ द म्याच घोषित भए । 

    उनलाई गोरखा मोडेल स्कुलका व्यवस्थापन संकाय संयोजक प्रकाश वलिले म्यान अफ द म्याचको टोकन प्रदान गरे ।

    लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजना, देउखुरी वारियर्स तथा देउखुरी बैन्कर्सको सहआयोजनामा जारी चौथो लमही मेयर कप जिल्ला स्तरिय पुरुष टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि बिहान पहिलो खेल घोराही क्रीकेट एकेडेमी र राप्तिद्वार क्रीकेट फाउन्डेसन बिच बिहान ७ बजे हुनेछ भने दोस्रो खेल दिउसो २:३० बजे ७ नम्बर वडा बनघुस्री र फ्रेन्ड्स युवा क्लब नर्तीबीच हुनेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # लमही मेयर कप टि२० क्रिकेट