शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जालझेलले समाजवादको निमार्ण नहुने: पुर्व प्र.म . बाबुराम भट्टराई

एक्सप्रेस पाना
आषाढ ५, २०८० मंगलबार
  • 313
    SHARES
  • जालझेलले समाजवादको निमार्ण नहुने: पुर्व प्र.म . बाबुराम भट्टराई

    काठमाडौं । पुर्व प्रधानमन्त्री  बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका ब्यक्त गरेका छन् ।

    images

    जालझेलले समाजवादको निमार्ण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि  भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

    images

    ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो ।’  

    उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका ब्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’

    भट्टराईले भनेका छन, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’ 

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई