शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोटः नेपाल र अमेरिका भिड्दै

एक्सप्रेस पाना
आषाढ ५, २०८० मंगलबार
  • 255
    SHARES
  • विश्वकप छनोटः नेपाल र अमेरिका भिड्दै

    काठमाडौ । जिम्बाबेमा जारि आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले आज अमेरिकासंग खेल्दैछ।

    images

    खेल नेपाली समय अनुसार अपराहन्न १२:४५ बजेदेखि सुरु हुनेछ।

    पहिलो खेलमा पराजय व्यहोरेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ। त्यस्तै अमेरिकाले पनि पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो।

    images

    नेपालले तेस्रो खेल असार ७ गते विश्वविजेता वेष्ट इन्डिजसँग खेल्नेछ भने नेपालले समूह चरणको आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ ।

    विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा बिभाजन गरिएको छ । 

    जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । 

    दुवै समुहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट