काठमाडौ । आइसीसी विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
यस अघि आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपाल आजको खेलम जित निकान्ने योजनामा रहेको छ ।
यता, अमेरिका पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् ।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, ललित राजबंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।



