शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियन्सिप आजदेखि : नेपालले कुवेतको सामना गर्दै

एक्सप्रेस पाना
आषाढ ६, २०८० बुधबार
  • 261
    SHARES
  • साफ च्याम्पियन्सिप आजदेखि : नेपालले कुवेतको सामना गर्दै

    काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि भारतको बेंगलुरुमा हुँदै छ ।

    images

    नेपालले साफ च्याम्पियन्सिपको उद्घाटन खेलमा कुवेतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुने छ । 

    कुवेत फिफा वरियताको १४३औँ स्थानमा छ । १७४औँ स्थानको नेपालले कुवेतलाई कडा टक्कर दिन सक्ने अनुमान छ ।

    images

    नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ । पछिल्लो पटक २०२२ को जुनमा एसियाकप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४-१ ले पराजित गरेको थियो ।

    आजै दोस्रो खेल भारत र पाकिस्तानबीच राति ७:४५ बजेदेखि हुँदै छ ।

    जुन २१ देखि जुलाई ३ सम्म हुने साफ च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा स्टेडियमा हुनेछ ।

    साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।  दुवै समुहका शिर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।

    यसअघि १३औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । त्यसअघि नेपाल २०११, २०१३ र २०१८ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।   

    नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक, बंगलादेश, अफगानिस्तान र श्री लंकाले एक एक पटक उपाधि जितेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल